३० जेठ २०८३, शनिबार

थाहा पाइराख्नुस् मृत्युसँग जोडिएका यी अनौठो तथ्य

साउन २, २०७६
थाहा पाइराख्नुस् मृत्युसँग जोडिएका यी अनौठो तथ्य

जीवन र मृत्युमा कसैको नियन्त्रण हुँदैन । कसैलाई पनि आफ्नो मृत्यु कहिले हुन्छ थाहै हुँदैन । यहाँ हामी मृत्युसँग जोडिएका केही कुरा बताउँदैछौं ।


मृत्युपछि हाम्रो शरीरको अंग एक एक गरी काम गर्न छोड्छ । सुन्ने क्षमता चाहिँ सबभन्दा पछि सकिन्छ । मृत्युको केही क्षणपछि हाम्रो दिमागका केही भाग सक्रिय रहन्छन् ।

एक अध्ययन अनुसार दाहिने हात चलाउनेहरू देब्रे हात चलाउनेको तुलनामा तीन वर्ष बढी बाँच्छन् ।

अमेरिकाको न्यु योर्कमा हत्याभन्दा बढी आत्महत्या हुन्छन् ।

अमेरिकामा हरेक घन्टा एक व्यक्तिको मृत्यु रक्सी पिएर गाडी चलाएका कारण हुन्छ ।

आँकडाअनुसार प्रत्येक वर्ष शार्कको आक्रमणबाट मृत्यु हुनेको संख्याभन्दा टाउकोमा नरिवल खसेर मृत्यु हुनेको संख्या बढी हुन्छ ।

हरेक दिन एक लाख ५३ हजार व्यक्तिको कुनै न कुनै कारणले मृत्यु हुन्छ ।

नवजात शिशुको शरीरमा २७० वटा हड्डी हुन्छन् तर वृद्ध भएर मर्ने बेलामा जम्मा २०६ वटा हड्डी बाँकी रहन्छन् ।

हाम्रो दिमागको कोशिकाले तीन मिनेटसम्म अक्सिजन पाएनन् भने हाम्रो मृत्यु हुन सक्छ ।

मृत्यु भएको दुईदेखि ६ घन्टासम्ममा पूरा शरीर अररो हुन्छ ।

साङ्लोको टाउको काटिदिनुभयो भने पनि ऊ नौ दिनसम्म बाँच्छ ।

हरेक ४० सेकेन्डमा संसारभरि कोही न कोहीले आत्महत्या गरेको हुन्छ ।

हरेक ९० सेकेन्डमा बच्चा जन्माउँदा कुनै आमाको मृत्यु भएको हुन्छ ।

भारतमा हरेक घन्टामा एक महिलाको दाइजोका कारण मृत्यु भइरहेको हुन्छ ।

चिकित्साविज्ञानले खुबै प्रगति गरेको भएपनि प्रत्येक वर्ष उपचारको कमीका कारण चार लाख ४० हजार मानिसको मृत्यु हुन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्