२३ जेठ २०८३, शनिबार

उपत्यकाका सम्पदा खतराको सूचीमा पर्नबाट जोगियो

साउन २, २०७६
उपत्यकाका सम्पदा खतराको सूचीमा पर्नबाट जोगियो

काठमाडौँ। उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रमा सूचीकृत सम्पदाको पुनःनिर्माण आगामी सन् २०२२ सम्ममा सम्पन्न गरिसक्ने सर्तमा ती सम्पदा खतराको सूचीबाट टरेको छ । 

राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सम्पदाको पुनःनिर्माणमा बेवास्ता जनाएको भन्दै खतराको सूचीमा सूचीकृत गर्ने चेतावनी दिएको थियो । 
युनेस्कोको विश्व सम्पदा समितिको हालै सम्पन्न बैठकले आगामी तीन वर्षभित्र उपत्यकाका सातवटै सम्पदालाई पूर्ववत् अवस्थामा फर्काउन सके खतराको सूचीमा नराख्ने भनेपछि ठूलो राहत भएको छ । गाेरखापत्रमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्