काठमाडौं- टाटा मोर्टस्को लागि नेपालका एकमात्र आधिकारिक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रालिले साउन १ गते देखि ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्री मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको छ ।
काठमाडौंको सोल्टीमोड, बालकुमारी, बागडोल र काठमाडौं बाहिरका इटहरी, पोखरा, नेपालगञ्ज, वीरगञ्ज र मेचीमा यी क्याम्पहरू शुभारम्भ भएको हो ।
सो क्याम्पमा ग्राहकहरूले टाटाका गाडीहरू चेकजाँच गराउन सक्नेछन् भने गाडी एक्सचेन्ज गर्न चाहनेहरूका लागि कम्पनीले गाडीको उचित मूल्याकंन र आकर्षक क्यास डिस्काउन्ट यस ऐक्सचेन्ज अफरमा पाइने समेत कम्पनीले जनाएको छ ।
क्याम्पमा गाडी ऐक्सचेन्जमा विशेष सुविधा, गाडीको स्पेयर पार्ट र लुब्रिरिकेन्टमा २० प्रतिशतसम्म छुटको व्यवस्था, मेकानिकल खर्चमा ५० प्रतिशत छुट, ब्याट्री रिप्लेसमेन्टमा १५ प्रतिशत छुट, र ऐक्सचेन्ज लोयल्टी बोनस १ लाख प्रदान गरिनेछ । साथै फ्री टप वासको व्यवस्था, मनसुन ड्राभिङमा सेफ्टी टिप्स् र एक जोडिले नगरकोटमा होटलमा बस्ने प्याकेज पनि प्राप्त गर्नेछन् ।
मनसुनको समयलाई लक्षित गरी आयोजना गरेको यो अफरसहितको कार्यक्रममा ग्राहकहरूको उल्लेख्य रूपमा सहभागिता रहने विश्वास व्यक्त गर्दै ग्राहकहरूका लागि फलदायी हुने जनाएको छ ।