०८ असार २०८३, सोमबार

यी युवकको पेटबाट निस्कियो पेन, रबर र थुप्रै फलामे वस्तु

यी युवकको पेटबाट निस्कियो पेन, रबर र थुप्रै फलामे वस्तु

काठमाडौं – भारतको मध्य प्रदेशको छतरपुरमा एक युवक प्राइभेट अस्पतालमा पेट दुख्यो भन्दै पुगे । चिकित्सकले युवकको स्वास्थ्य परीक्षण गर्दा पेटमा गडबडी देखे । 

युवकको पेटको दुई घन्टासम्म अपरेसन चल्यो । पेटबाट आरा, फलामको पाता, बोरा सिउने लामो सियो, थुप्रै डटपेन, रबर, बल लगायत ३३ वस्तु फेला परे । 

डा एमपीएन खरेले रोगी योगेन्द्र ठाकुरको पेटको सीटी स्क्यान गर्दा पेटमा फलामजन्य वस्तुहरू देखेको बताए । 

ठाकुरलाई फलामे वस्तु खाने बानी लागेको थियो । 

ठाकुरका दाइ सतीशले बताएअनुसार, उनलाई फलामे वस्तु अनि धारिला कुरा खाने बानी लागेको थियो । डा खरेले जिन्दगीमा पहिलोपटक कुनै व्यक्तिको पेटबाट यति धेरै वस्तु निकालेको बताए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्