२२ जेठ २०८३, शुक्रबार

प्लास्टिकमा पोको परेर नदी पार गर्छन् बालबालिका

प्लास्टिकमा पोको परेर नदी पार गर्छन् बालबालिका

एजेन्सी-उत्तरी भियतनामको हुओई हा गाउँका बालबालिकाहरू नभिजेको लुगा लगाएर विद्यालय जानका लागि निकै जोखिम मोल्छन् । 

वर्षात्‌को समयमा उनीहरू यसरी नदी पार गर्न गरेको संघर्षले जो कोहीको मन छुन सक्छ । 

पुल नभएका कारण उनीहरूले प्लास्टिकमा पोको परेर नदी पार गर्न बाध्य छन् । 

एउटा बच्चालाई एक पोलिथिनमा बन्द गराइन्छ । त्यसपछि नदीमा पठाइन्छ  र नदीमा छोडिन्छ । अनि अर्कोले तानेर नदी पार गराउँछन् । यसले गर्दा उनीहरूको लुगा र किताबकापी पनि भिज्दैन । 

गाउँका मुखिया भन्छन्, 'यो निकै खतरनाक छ । तर हामीसँग यसको विकल्प केही छैन । वर्षात्‌को समयमा अस्थायी पुल पनि बगाउँछ । अनि यसरी नै नदी पार गराउँछौं ।' 

मुखिया भन्छन्, 'पोलिथिनमा नदी पार गराउनु निकै जोखिम छ । बच्चालाई पोलिथिन ब्यागमा राख्दा बेहोश हुने डर हुन्छ ।'

उनले आगामी दिनमा सरकारले सस्पेन्सन ब्रीज बनाउने आशासमेत व्यक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्