
बुटवल –रूपन्देहीको तिलोत्तमा नगरपालिका– ६ स्थित बुटवल बेलहिया सडक खण्डको ६ लेन सडकको डिभाइडरमा राखिएका बुद्धका मूर्ति तोडफोड भएका छन् ।
तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्डअन्तर्गत तिलोत्तमा नगरपालिकाको योगीकुटीदेखि मंगलापुरसम्म बुद्धका मूर्ति राखिएका थिए ।
गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वतावरण मन्त्री लिला गिरीले बुद्ध मूर्ति अनावरण गरेका थिए ।
सडकको मेडिएनमा राखिएका बुद्ध मूर्तिमध्ये गएराति शंकरनगर चोकदेखि नयाँ मिलसम्मका ३ वटा मूर्ति क्षतविक्षत् हुने गरी हुने गरी फुटाइएको छ ।
उक्त मूर्ति कसले किन फुटायो भन्ने अहिलेसम्म खुलेको छैन ।
बुद्ध जन्मस्थल लुम्बिनी रूपन्देही जिल्लामा नै पर्छ ।