
काठमाडौं – चीनमा एक धाईआमाले आफ्नो मालिकको शिशुलाई बारम्बार दुर्व्यवहार गरेकी छन् । रजस्वला सुकेका कारण आफूले यस्तो व्यवहार गरेको उनको भनाइ छ ।
शुए थर भएकी घरेलु कामदारले पाँच महिने शिशुलाई बेस्सरी हल्लाएको, तन्काएको र मिल्काएको घटना भिडियोमा कैद भएको शिशुकी आमाले बताइन् ।
शूएमाथि मुद्दा चलेर पुर्पक्ष हुँदा उनले आरोप स्वीकार गरिन् अनि रजस्वला सुकेपछि आफ्नो मूड खराब भएको र आफूलाई नियन्त्रण गर्न गाह्रो परेको बताइन् ।
चीनको दाकिङ शहरमा शिशुकी आमाले धाईआमाको दुर्व्यवहार हेरेर आफू स्तब्ध भएको बताइन् । घरमा राखिएको सीसीटीभीबाट धाईआमाको पोल खुलेको हो ।
एउटा भिडियोमा धाईआमाले शिशुलाई गोडा समातेर हावामा तुर्लुंग झुण्ड्याएको र ओछ्यानमा फालिदिएको देखिन्छ ।
शिशुको लिंग खुलाइएको छैन ।
‘धाईआमा खटाउने संस्थाले उनी मेहनती, प्रेमिल र सुझबुझपूर्ण महिला भएको बताएको थियो । त्यसैले हामीले उनलाई लिने निर्णय लियौं,’ आमाले भनिन् । उक्त घटनाले आफूलाई आघात पुगेको आमाको भनाइ छ ।
धाईआमाको यस्तो व्यवहार देखेर शिशुका मातापिताले प्रहरीलाई खबर गरेका थिए ।
चीनको फौजदारी कानूनअनुसार, आफूले स्याहार गर्नुपर्ने व्यक्तिमाथि दुर्व्यवहार गर्नेले तीन वर्षको कारावास सजाय भोग्नुपर्छ ।
यस मुद्दामा अदालतले फैसला सुनाउन बाँकी छ ।
शिशुकी आमाले धाईआमाका साथै उनलाई खटाउने एजेन्सीलाई पनि उत्तरदायी बनाउनुपर्ने माग राखेकी छन् ।
एजेन्सी