
काठमाडौं– सत्तारुढ दल नेकपाका नेताहरु विप्लव समूहलाई वार्तामा ल्याउन दौडधूपमा लागेका छन् ।
सरकारले औपचारिक वार्ता टोली बनाउनु भन्दा विभिन्न सम्पर्क सूत्र प्रयोग गरेर छलफल थालेका विप्लव समूहका एक स्थायी कमिटी सदस्यले बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ।
‘विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले आफूनिकट नेतालाई वार्ताका लागि पठाएका छन्’ ती सदस्यले भने ।
वार्ताका लागि औपचारिक पत्र नपठाई अनौपचारिक रूपमा मात्र कुरा गर्न खोजेको विषयलाई चन्द समूहले प्रलोभनमा पार्ने सरकारको रणनीतिका रूपमा लिएको छ । ‘वार्ता गर्नेभन्दा नेतालाई प्रलोभन पार्ने काम भइरहेको छ, सत्तापक्षका साथीहरूले विभिन्न प्रलोभन देखाइरहेका छन्,’ ती स्थायी कमिटी सदस्यले भने, ‘वार्ताको कुरा गरेर गलाउने रणनीति जस्तो देखिन्छ ।