२३ असार २०८३, मंगलबार

कैलाली विष्फोटको जिम्मा ओली सरकारले लिनुपर्छ - विप्लव

कैलाली विष्फोटको जिम्मा ओली सरकारले लिनुपर्छ - विप्लव
फाइल फोटो

काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले कैलालीको धनागढीमा एक जनाको ज्यान जाने गरेर बिहीवार भएको विष्फोटको जिम्मा केपी ओलीको सरकारले लिनुपर्ने बताएको छ । 

शुक्रवार इन्चार्ज 'निर्माण'को नाममा नेकपाले विज्ञप्ति जारी गर्दै घटनाको सम्पूर्ण जिम्मा केपी ओलीको सामाजिक फासीवादी सरकारले लिनुपर्ने उल्लेख गरिएको हो । 

'यस घटनाले सर्वसाधारण नागरिकहरूमा पर्न गएको असहाजताप्रति दुख व्यक्त गर्दछौं,' विज्ञप्तिमा उल्लेख गरिएको छ, 'यो दुखद् घटनाको पछाडि दलाल पूँजीवादी संसदीय व्यवस्था भएकाले यसको सम्पूर्ण जिम्मा केपी ओलीको सामाजिक फासीवाद सरकारले लिनु पर्नेछ ।' 

विज्ञप्तिमा घटनामा मृत्यु भएका रामबहादुर सिंहलाई एकीकृत जनक्रान्तिको महान् शहीद भएको उल्लेख गरिएको छ । 

विष्फोटमा घाइते भएकाहरूको उचित उपचारमा कुनै कमी हुन नदिने आफ्नो पार्टीको प्रतिबद्धता रहेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्ति हेर्नुहोस् :

salt training

कमेन्ट गर्नुहोस्