२४ असार २०८३, बुधबार

जापानको क्योएनिमा भएको आगजनीप्रति प्रधानमन्त्री ओलीद्वारा समवेदना

जापानको क्योएनिमा भएको आगजनीप्रति प्रधानमन्त्री ओलीद्वारा समवेदना
फाइल फोटो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको क्योटोस्थित एनिमेशन स्टुडियो क्योएनिमा भएको आगजनीमा निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गरेका छन् ।

जापानका प्रधानमन्त्री सिन्जो आबेलाई शुक्रवार एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले मृतकका परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

कला र सृजनाको लोकप्रियस्थल क्योएनिमा भएको अमानवीय आक्रमणबाट आफू स्तब्ध एवं चकित भएको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले दोषीलाई कानूनको कठघरामा उभ्याइनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

क्योएनिमा बिहीबार बिहान भएको आगजनीमा परी ३३ जनाको मृत्यु हुनुका साथै ३६ जना घाइते भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्