
धनगढी- अवैध भारतीय रुपैयाँसहित २ भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतको लखिमपुर खिरी बस्ने श्रवण कुमार सिंह र गुरुजित सिंहलाई शुक्रवार नियन्त्रणमा लिएको प्रहरीले शनिवार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दल कुमार बस्नेतका अनुसार धनगढी उपमहानगरपालिका–१ मा अवैध भारतीय रुपैयाँको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरू पक्राउ परेका थिए ।
उनीहरूको साथबाट प्रहरीले १ सय दरका ५ किसिमका नोट नम्बर भएको ४० हजार ९ सय नक्कली रुपैयाँ बरामद गरेको छ ।
प्रहरीका अनुसार उनीहरूबाट माहात्मा गान्धीको फोटो भएको 6BW81760 नम्बर उल्लेख भएको भारतीय १ सय दरका ९४ थान, 68W81761 नम्बर उल्लेख भएको २० थान, 6BW81762 नम्बर उल्लेख भएको ९४ थान, 6BW81763 नम्बर उल्लेख भएका ८६ थान, 6BW81764 नम्बर उल्लेख भएका १ सय १५ थान बरामद गरिएको हो ।
नक्कली नोटबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।