
न्यूयोर्क- पुस्तक 'लालटिनको उज्यालोमा' अब अन्तराष्ट्रिय संपिग साईट एमाजोनमा उपलब्ध भएको छ ।
सरस्वती ज्ञवालीले लेखेको पुस्तक लालटिनको उज्यालो आईतबारदेखि एमाजोनमा उपलब्ध भएको हो । एमाजोन डटकममा लालटिनको उज्यालो सर्च गर्दा पुस्तक सहज उपलब्ध हुने छ । हाललाई अमेरिकामा तत्काल डेलिभरी गर्न मिल्ने गरि राखिएको पुस्तकको मूल्य १६ डलर राखिएको छ ।
लेखक ज्ञवालीका अनुसार अमेरिका लगायत संसारका धेरै देशका पाठक तथा शुभचिन्तकहरुले एमाजोनमा भए पुस्तक पाउन सहज हुने सल्लाह दिएकाले आफूहरुले एमाजोनमा राखेको बताइन् ।
एउटा नारीको संघर्ष र राजनीतिक चेतना लगायतका बिषयमा पुस्तक केन्द्रित छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी समेत रहेकी लेखक ज्ञवालीको पुस्तक गत सालको प्रकाशित भएकाे थियाे ।