०५ असार २०८३, शुक्रबार

अफगानिस्तानमा २८ लडाकू मारिए

अफगानिस्तानमा २८ लडाकू मारिए

अफगानिस्तान– अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिवानी लडाकू मारिएका छन् । 

देशको उत्तरी फार्याब प्रान्तमा भएको कारवाहीमा उनीहरूको मृत्यु भएको सैनिक स्रोतले आइतवार जनाएको छ ।

'तालिवान लडाकूहरूको अखडामा २९ जनालाई लक्षित गरी हवाई आक्रमण भएको थियो, तीमध्ये कम्तीमा २८ जनाको मृत्यु भएको छ,' सेनाका एक जना प्रवक्ता हनिफ रेजाइले भने । 

उनले सिन्ह्वालाई दिएको जानकारी अनुसार फार्याब प्रान्तको बिलचिराघ जिल्लामा रहेको अखडामा शनिवार राति आक्रमण भएको हो । 

सुरक्षाकर्मीमाथि आक्रमण गर्ने तयारी गरिरहेका तालिवान लडाकूहरूलाई सुरक्षाकर्मीहरूले नै आक्रमण गरेका हुन् । 

घटनाका बारेमा तालिवान लडाकूहरूको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्