
काठमाडौं- पौडी खेल्ने क्रममा राजधानीमा एक बालकको डुबेर मृत्यु भएको छ ।
शनिवार मध्यान्ह ४ बजे तारकेश्वर नगरपालिका-१ स्थित पोखरीमा पौडी खेल्ने क्रममा उदयपुर स्थायी घर भई हाल सोही क्षेत्रमा बस्ने १२ वर्षीय बालक सुरज सुनुवारको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको विपद् व्यवस्थापन महाशाखाको टोलीले बालकको शव पानीबाट निकालेको थियो ।