
काठमाडौं- हेमा ओझाले शिल्पा पोखरेल र छविविरुद्ध बहुविवाह गरेको आरोपमा गौशाला प्रहरी चौकीमा उजुरी दिएकी छन् ।
छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले आइतवार गौशाला प्रहरी चौकीमा उजुरी दिएकी हुन् ।
छविराज ओझाले आफूप्रति घरेलु हिंसा गरेको भन्दै प्रहरीकोमा उजुरी दिएपछि सिने बजारमा पनि 'छवि-शिल्पा' प्रकरणले चर्चा पाएको छ ।
त्यसपछि शिल्पाले आफूमाथि घरेलु हिंसा भएको र अब छविसँग बस्न नसक्ने भन्दै मिडियाबाजी गरिरहेकी छन् ।
हेर्नुहोस् जाहेरी :

