०१ असार २०८३, सोमबार

संसारभरि चुरोटको ठूटाका कारण बिरुवाहरू मरिरहेको पाइयो

संसारभरि चुरोटको ठूटाका कारण बिरुवाहरू मरिरहेको पाइयो

काठमाडौं – संसारभरि प्रत्येक वर्ष फ्याँकिने चुरोटका ठूटाका कारण बिरुवाहरू हुर्किन नपाएको विज्ञहरूको एक टोलीले पाएको छ । 

चुरोटको ठूटो संसारमा सबभन्दा बढी फ्याँकिने वस्तु हो । संसारभरि प्रत्येक वर्ष साढे ४ खर्ब ठूटाहरू फ्याँकिने गरेका छन् र त्यो टुक्रा पर्न एक दशकभन्दा बढी समय लाग्छ । 

एंग्लिया रस्किन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले चुरोटका ठूटामा भएका प्लास्टिक फिल्टरहरूले घाँस र ल्वाङका बिरुवालाई सामान्य रूपमा बढ्न दिँदैन । 

ल्वाङ माहुरीका लागि महत्त्वपूर्ण छ र यसले डीजेलको धूवाँबाट हुने प्रदूषण सोसिदिन्छ । चुरोटको फिल्टर भउको माटोमा एक चौथाइ कम बीउ उम्रिएको पाइयो । 

अध्ययनले चुरोटको ठूटो भएको ठाउँमा १० प्रतिशत कम घाँस उम्रिएको पायो । सुक्खाग्रस्त लन र पार्कहरूमा मात्र यस्तो भएको देखिन्छ । 

प्लास्टिकबाट बनेका चुरोट फिल्टरले बिरुवाहरूलाई पानीको अभावकै जस्तो तनाव दिन्छ । ठूटोले आक्रान्त बिरुवाका डाँठ पनि साना हुन्थे र जरा पनि कम हुन्थे । 

नबालिएका चुरोटका ठूटाको पनि तमाखुले भन्दा पनि प्लास्टिकले बिरुवालाई बढ्न नदिइएको पाइयो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्