०३ असार २०८३, बुधबार

एनआईसी एशिया बैंकको विराटनगरमा विस्तारित काउण्टर सञ्चालनमा

एनआईसी एशिया बैंकको विराटनगरमा विस्तारित काउण्टर सञ्चालनमा

विराटनगर- एनआईसी एशिया बैंकले मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं. ७ स्थित गोल्छा चोकमा विस्तारित काउण्टर आइतवारदेखि सञ्चालनमा ल्याएको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस विस्तारित काउण्टरको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गरे । 

बैंकले मुलुकभर २९२ शाखा कार्यालय, ३०२ एटीएम, ५० वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करीब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्