०३ असार २०८३, बुधबार

प्रभू बैंक लिमिटेडको वीर अस्पतालमा २४ घण्टे क्यास काउन्टर सञ्चालन

प्रभू बैंक लिमिटेडको वीर अस्पतालमा २४ घण्टे क्यास काउन्टर सञ्चालन

काठमाडौं – प्रभू बैंक लिमिटेड र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालबीच सम्पन्न सम्झौता बमोजिम काठमाडौं महाबौद्धस्थित वीर अस्पतालको परिसरमा प्रभू बैंक लिमिटेडको बैंकिङ सेवासहित २४ घण्टे क्यास काउन्टर सञ्चालनमा आएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रा.डा. देवनारायण साहले एक समारोहबीच २४ घण्टे क्यास काउन्टरको उद्घाटन गरेका हुन् ।

वीर अस्पताल परिसरमा सञ्चालनमा आएको प्रभू बैंक लिमिटेडको २४ घण्टे क्यास काउन्टरमा उपचारको लागि आउने सेवाग्राहीले चौबीसै घण्टा वीर अस्पतालमा बुझाउनुपर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा जम्मा गर्न पाउने छन् ।

प्रभू बैंकको क्यास काउन्टर चौबिसै घण्टा लगातार रुपमा सञ्चालन हुने भएकाले अबदेखि वीर अस्पतालमा उपचारका क्रममा आउने जुनसुकै बिरामीले आफ्नो आवश्यकता अनुसार जुनसुकै समयमा रकम जम्मा गरी अस्पतालको सेवा उपभोग गर्न पाउनेछन् ।

वीर अस्पतालको आधिकारिक बैंकको रुपमा बिरामीको शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचार सेवामा सहयोगीको रुपमा संलग्न हुन पाउँदा प्रभू बैंक सम्बन्धित सबैप्रति हार्दिक आभार व्यक्त गर्दै समाजसेवी भावनाले सामाजिक क्रियाकलापलाई निरन्तरता दिएको प्रभू बैंकले स्वास्थ्य क्षेत्रमा समेत उल्लेख्य योगदानका लागि सदासर्वदा प्रयासरत रहने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्