
सुनील ग्रोबर तथा चन्दन प्रभाकरले शो छोडेपछि कमेडियन कपिल शर्मा अहिले एक्लै परेका छन् ।
जुन सुकै शोमा पनि दर्शकलाई जबरजस्त हसाँउने कपिलको शो यसपटक दर्शकलाई अपेक्षाकृत हसाउन असफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सुनील–कपिलको झगडापछि पहिलो शोमा कपिलको जादू दर्शकमाझ चल्न सकेन , कारण तपाईहरुलाइ थाह नै छ ।
रिंकू भावी तथा डाक्टर गुलाटीको भूमिकाले मानिसको मन जित्नेवाला सुनील यस इपिसोडमा गायब थिए । वही कपिलका बालककाल देखिका साथी चन्द पनि शोबाट हटिसकेका छन् । यस्तोमा आफ्नै मिहेनतमा शोको रौनक बनाउनका लागि कपिलका लागि सहज भएको छैन । यो अंकको शो मा सुनील चन्दन तथा अलीको फ्यानले उनीहरुलाई मिस गरेका छन् ।
इपिसोडको शुरुवातमा कपिल भांगडा डान्सर्सका साथ स्टेजमाथि एन्ट्री गरेका थिए । नवोजित सिंह सिद्धूलाई पञ्जावमा जितेका बधाइ दिएका छन् ।
यस भागमा तन्नू तथा मनोज बाजपेयी आफ्नो आगामी फिल्म‘नाम शबाना’को प्रमोशनका लागि पुगेका थिए । उनले कपिल तथा दर्शकसँग कुराकानी गरे । साथै फिल्मसँग जोडिएका सवाल जवाफ गरेका छन् ।
यति मात्र होइन कपिल पहिलो पटक कपिल आफ्नी गर्लफ्रेण्ड गिन्नी बारेमा कुराकानी गर्दै गरिएका देखिए । कीकू, सुमौना तथा रोसेल्सले पनि आफ्नो डाइलगबाट मासिनलाई हसाउने राम्रो प्रयाश गरे । तर पूरै भागमा उनीहरुको पहिलाको जस्तो दमदार भूमिका देखिएको थिएन ।