विराटनगर, १४ चैत–स्थानीय निकायको निर्वाचनमा सुरक्षा योजना र त्यसको कार्यान्वयका लागि आज बिराटनगरमा पूर्बाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा बैठक बसिरहेको छ ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले क्षेत्रीय सुरक्षा नियकाका प्रमुखहरुलाई निर्वाचन सुरक्षाका सम्बन्धमा निर्देशन दिनका लागि बैठक बोलाएका हुन् ।
यसैबीच, ६ बर्षअघि भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर मारिएका मोरङ जिल्लाको अमाही बरियातीका वासुदेब शाहको परिवारलाई उपप्रधानमन्त्री निधिले भेट्ने कार्यक्रम रहेको छ । त्यसक्रममा उनले सरकारका तर्फबाट १० लाख क्षतिपूर्ति पीडितका परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
२०६७ जेठ ११ गते एसएसबीको गोली प्रहारबाट शाहको हत्या भएपछि जिल्ला सुरक्षा समितिको २०६७ जेठ १३ गते बसेको बैठकले क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गरेको थियो ।