काठमाडौं, १४ चैत–उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाले चुनावको सुनिश्चितताको लागि सरकारमा सहभागी भएको जनाएका छन् ।
२१ औं मध्यपुर थिमी नगरपालिका स्थापना दिवसको अवसरमा राप्रपा नगर समितिले आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेको राप्रपाका अध्यक्ष थापाले सप्तरी घटनापछि सरकारको स्थायित्वमा प्रश्नचिन्ह खडाभएको भन्दै चुनाव नहुने वातावरण निर्माण भएकाले आफूहरुले चुनावको सुनिश्चिता खोजेको बताए ।
उनले सुनिश्चितताको आधार र शर्तमा स्थिरताको लागि सरकारका सहभागी भएको दाबी गरेका छन् ।
चुनाव कुनै पनि वाहनामा अव नरोकिने भन्दै उपप्रधानमन्त्री थापाले चुनावमा केन्द्रीत हुन कार्यकर्तालाई निर्देशन दिए ।