
काठमाडौं – अमेरिकाको क्यालिफोर्नियामा रहेको मोन्टेरे बेमा ह्वेल माछाले एक समुद्री सिंहलाई झण्डै निलिदिएको तस्वीर सार्वजनिक भएको छ ।
पुरुष समुद्री सिंह मृत्युबाट केही समयको अन्तरमा बाँचेको दृश्य तस्वीरमा देख्न पाइन्छ ।
तीनवटा हम्पब्याक ह्वेलहरूले साना एन्कोभीलाई धमाधम खाइरहँदा समुद्री सिंह आइपुगेको थियो ।
हम्पब्याकहरूले आफ्नो विशाल मुख खोलेर शिकार गर्ने गरेका छन् । उनीहरू माछा भरिएको ५०० ग्यालन पानी निल्न सक्छन् ।
समुद्री सिंहहरू निकै फुर्तिला र तीव्र गतिका हुन्छन् र उनीहरू ह्वेलको मुखबाट सजिलै बच्छन् । तर अहिलेको घटनामा चाहिँ ह्वेलको दाह्रा आफैंनजिक आइपुग्दा समुद्री सिंह छिट्टै भाग्न नसकेको देखिन्छ ।
चेज डेक्कर नामक वन्यजन्तुका फोटोग्राफरले यो दुर्लभ तस्वीर खिचेका हुन् । उनले अघिल्लो सोमवार यो फोटो खिचेका हुन् ।
एजेन्सी