२९ असार २०८३, सोमबार

पुटिनका कटु आलोचक नभाल्नीमाथि रासायनिक आक्रमण गरिएको आरोप

पुटिनका कटु आलोचक नभाल्नीमाथि रासायनिक आक्रमण गरिएको आरोप

काठमाडौं – रुसमा विपक्षी नेता अलेक्सेई नभाल्नीका पूर्वचिकित्सकले उनीमाथि कारागारमा अज्ञात रसायनले आक्रमण गरिएको दाबी गरेका छन् । उनलाई एलर्जी भएको भन्ने कुरा सत्य नभएको चिकित्सकको भनाइ छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक नभाल्नीको अनुहारमा सन् २०१७ मा हरियो रंग फ्याँकिएको थियो र उनको उपचार अनास्टासी भासिल्येभाले गरेकी थिइन् । उनले नभाल्नीलाई कुनै पनि एलर्जी नभएको बताइन् । 

स्थानीय निर्वाचनमा विपक्षी दलका उम्मेदवारहरूलाई चुनाव लड्न नदिइएको विरोधमा स्वीकृति नलिइकन गरिएको प्रदर्शन आह्वान गरेको आरोपमा नभाल्नीलाई ३० दिन हिरासतमा लिने आदेश दिइएको छ । 

भसिल्येभाका अनुसार, नभाल्नीले अन्य कैदीकै जस्तो खाना खान्छन् र सौन्दर्य प्रसाधन प्रयोग गर्दैनन् । 

त्यसैले उनको छालामा पुगेको क्षति रसायन प्रहारबाट भएको उनको दाबी छ । 

उनी र अन्य चिकित्सकलाई नभाल्नीको उपचार गर्न नदिइएको भासिल्येभाको भनाइ छ । सन् २०१७ मा भएको उक्त आक्रमणपछि नभाल्नीको दाहिने आँखाको ८० प्रतिशत जति दृष्टि गुमेको थियो । 

शनिवार प्रहरीले मस्कोमा निकालिएको जुलुसमा सहभागी एक हजारभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको थियो । पुटिनले सत्तामा राखेको पकडको विरोधमा यो प्रदर्शन गरिएको थियो । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्