
काठमाडौं – इन्डोनेसियामा एक कोमोडो ड्रागनले एउटा ठूलो बाँदर सिंगै निलिदिएको छ ।
घटनाको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा १० फीट लामो सरीसृपले पूरै बाँदर जम्मा ६ चोटि मुख हल्लाएर निलेको देखिन्छ ।
भिडियो शुरू हुँदा कोमोडोले अभागी बाँदरलाई आधा निलेको देखिन्छ ।
उसले फेरि फेरि निल्दा बाँदरको पछाडिको खुट्टा देखिन्छ ।
पछि गएर बाँदरको पुच्छर मात्र देखिन्छ अनि कोमोडोले अन्तिमपटक निल्दा त्यो पुच्छर पनि हराउँछ । त्यसपछि कोमोडोले गुलाफी जिभ्रो निकाल्छ ।
कोमोडो ड्रागन संसारका सबभन्दा खतरनाक शिकारी जनावरहरूमध्ये एक हो र यसले आफूभन्दा ८० प्रतिशत ठूलो जनावरलाई पनि निलिदिन सक्छ ।
कोमोडोले सुँगुर, हरिण र सर्प पनि खाइदिन्छ र १५ माइल प्रतिघन्टाको गतिमा दौडिन सक्छ ।
उसको थुकमा ५० किसिमका ब्याक्टेरिया भेटिन्छन् र शिकार पहिलो आक्रमणबाट बच्यो भने पनि उसको टोकाइले रगतमा विष पस्छ र शिकार मर्छ ।
यो खतरनाक जीवले मानिसहरूलाई पनि मार्ने गरेको छ ।
एजेन्सी