
काठमाडौं – रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको लुङ्ग्री गाउँपालिका–६ की २५ वर्षीय फुर्मली बुढाथोकीको घरमा साउन ८ गते जंगली च्याउ खाँदा उनीसहित छोराछोरी बिरामी भएका थिए ।
उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
उपचारका क्रममा बुढाथोकीसहित ४ वर्षीय छोरी सुनिता बुढाथोकी र ३ वर्षीय छोरा पुष्कर बुढाथोकीको मृत्यु भएको छ ।