
बुटवल – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भतौडीबाट प्रहरीले १३ जुवाडेलाई नगदसहित पक्राउ गरेको छ ।
स्थानीय बोलेन्द्र खड्काको पोल्ट्री फर्ममा जुवा खेलाइरहेको जानकारी पाएर पुगेको इलाका प्रहरी कार्यालय सुनवलको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
जुवा खालबाट ६४ हजार ६ सय रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।
पक्राउ परेका सबैलाई जुवा मुद्दामा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।