३२ असार २०८३, बिहीबार

अफगानिस्तानमा आतंककारी हमला, भारतद्वारा कडा निन्दा

अफगानिस्तानमा आतंककारी हमला, भारतद्वारा कडा निन्दा
फाइल फोटो

अफगानिस्तान- अफगानिस्तानको राजधानी काबुलमा उप राष्ट्रपतिको उम्मेदवार रहेका अमरूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार भएको आतंककारी हमलाको भारतले कडा शब्दमा निन्दा गरेको छ

आक्रमणमा परी निर्दोष व्यक्तिहरुको ज्यान गएको भारतले बताएको छ । आक्रमणमा मारिएका व्यक्तिका परिवारजनलाई गहिरो समवेदना प्रकट गरिएको विदेश मामिला मन्त्रायलद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ । 

भारत अफगान सरकार र जनाताको शान्ती प्रक्रिया, सुरक्षा र स्थायित्वको सधैँ साथ रहेको र काँधका काँध मिलाएर जाने उक्त विज्ञप्तिमा जनाइएको छ । 

स्थानीय समयानुसार आइतबार दिउँसो करिब ४ः४० बजे  सालेहको ‘ग्रीन ट्रेन्ड’ कार्यालयनजिकै पारेर विस्फोट गराइएको अफगान प्रहरीले जनाएको छ । 

अफगान गृह मन्त्रालयका प्रवक्ता नसरात रहिमका अनुसार यस आक्रमणमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य २५ घाइते भएका अल जजिरा टेलिभिजन च्यानलले जानकारी दिएको छ ।  

सालेह अफगानी ग्रीन ट्रेन्ड पार्टीका नेता हुन् । उनले राजनीतिमा प्रवेश गर्नु पहिले अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखका रूपमा सेवा गरेका बताइएको छ । 

अफगानिस्तानमा आइतबारबाट राष्ट्रपतीय निर्वाचनको अभियान सुरु भएको छ । सालेहले पनि सो निर्वाचनमा उपराष्ट्रपतिको उम्मेदवारका रुपमा घोषणा गरेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्