
काठमाडौं- भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोतमा सेवाग्राहीले पनि समस्या सृजना गर्ने बताएकी छिन् ।
सोमवार साँखु मालपोत कार्यालयलाई नमूना कार्यालय घोषणा गर्न आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नखाने मान्छेलाई तर्साउने र निरुत्साहित बनाउने काम सेवाग्राहीबाट भएको आरोप लगाएकी हुन् ।
'कर्मचारीमा समस्या छन्, हामीले पहिचान गरेका छौ,' मन्त्री अर्यालले भनिन्, 'तर केही समस्या सेवाग्राहीमा पनि छन्, मन्त्रालय स्पिडका साथ सुशासन कायम गर्न लागेको छ । नखाने मान्छेलाई तर्साउने र निरुत्साहित बनाउने काम पनि भएको छ । यो पनि राम्रो कुरा होइन ।'
अहिले मन्त्रालय समग्र भूमि प्रशासनलाई व्यवस्थित गर्न लागिरहेको भन्दै त्यो स्पिडमा कर्मचारी तथा समग्र सेवाग्राहीले साथ दिनुपर्ने आग्रह मन्त्री अर्यालले गरिन् ।
'तपाईं कर्मचारीहरू मन्त्री, सचिव, विभागको स्पिडमा हिड्नुस,' उनले भनिन्, 'कार्यालय र सेवालाई नमुना बनाउन तपाई कार्यालय प्रमुख र कर्मचारीहरु प्रतिस्पर्धात्मक तरिकाले लाग्नुस् ।