०७ साउन २०८३, बिहीबार

पाकिस्तानमा सैन्य विमान दुर्घटनाग्रस्त, १७ जनाको मृत्यु

पाकिस्तानमा सैन्य विमान दुर्घटनाग्रस्त, १७ जनाको मृत्यु

काठमाडौं – पाकिस्तानको रावलपिण्डी शहरमा मंगलवार बिहान पाकिस्तानी सेनाको एक विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । घटनामा १७ जना मारिएको पुष्टि भइसकेको छ । 

१२ जना घाइते भएको बताइएको छ । केही घाइतेको हालत गम्भीर छ । मर्नेहरूको संख्या बढ्न सक्ने बताइएको छ । पाँच सैनिक मारिएका छन् ।

पाकिस्तानी सेनाले एक बयान जारी गरेर दुर्घटनामा विमानका दुवै चालक मारिएको बताएको छ । दुर्घटनापछि रावलपिण्डीका अस्पतालहरूमा संकटकाल घोषणा गरिएको छ । 

पाकिस्तानी सेनाको मुख्य कार्यालय रावलपिण्डीमा दुर्घटनापछि उद्धार कार्य बढाइएको छ । 

दुर्घटनाको कारणका बारेमा सेनाले केही खुलाएको छैन । यो विमान प्रशिक्षण उडानमा रहेको सेनाको भनाइ छ । रावलपिण्डीको बाहिरी क्षेत्रमा रहेको मोरा कालु गाउँमा विमान दुर्घटनाग्रस्त भएको हो । 

विमान खसेपछि आवासीय क्षेत्रमा आगो लागेको छ । अनेकौं घर ध्वस्त भएको सूचना छ । 

उद्धारकर्मीहरूले बताएअनुसार, विमानले अचानक नियन्त्रण गुमायो र दुर्घटनाग्रस्त भयो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्