०६ असार २०८३, शनिबार

नेकपा अध्यक्ष प्रचण्ड पत्नीसहित यूएई प्रस्थान

नेकपा अध्यक्ष प्रचण्ड पत्नीसहित यूएई प्रस्थान

काठमाडौं – पारिवारिक भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलवार संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

अध्यक्ष दाहाल मंगलवार बिहान त्यसतर्फ प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ ।

भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने नहुने बताइएको छ । भ्रमण टोलीमा उनकी पत्नी सीता दाहाल, २ छोरी रेणु र गंगा पनि रहेका छन् ।

अध्यक्ष दाहाल साउन १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्