काठमाडौं – ब्राजिलमा आल्टामिरा कारागारभित्र भएको हिंसामा परी कम्तीमा ५७ जना मारिएको अधिकारीहरूले बताएका छन् । दुई आपराधिक समूहले पाँच घन्टासम्म लडाईं गरेका थिए ।
कारागारको एक ब्लकमा बस्ने आपराधिक समूहका सदस्यले अर्को ब्लकका कैदीमाथि आक्रमण गरेका थिए ।
मारिएकमध्ये १६ जनाको टाउको काटिएको थियो भने अन्य चाहिँ कारागारमा लगाइएको आगोले निकालेको धूवाँमा निसासिएर मारिएका थिए ।
बन्दी बनाइएका दुई कारागार अधिकारीलाई मुक्त गरिएको छ ।
हिंसा सोमवार बिहान ७ बजेबाट शुरू भएको र मध्याह्नतिर सकिएको अधिकारीहरूले बताए ।
कोमान्डो क्लास्से ए समूहले विपक्षी आपराधिक समूह कोमान्डो भेर्मेल्हो बसेको एउटा कक्षमा आगो लगाइदिएको पारा राज्य सरकारले वक्तव्य जारी गरेर जानकारी दियो ।
जेल कक्षको संरचनाले गर्दा आगो तत्कालै फैलियो अनि केही कैदीहरूको निसासिएर मृत्यु भयो ।
बीबीसीबाट