१६ असार २०८३, मंगलबार

४ हजार वर्ष पुरानो प्रेमी जोडीको अवशेष भेटियो, एकअर्काको अनुहार हेरेको अवस्थामा गाडिएको पाइयो

४ हजार वर्ष पुरानो प्रेमी जोडीको अवशेष भेटियो, एकअर्काको अनुहार हेरेको अवस्थामा गाडिएको पाइयो

काठमाडौं – कजाखास्तानको एक चिहानमा ४ हजार वर्षअघिका किशोरकिशोरीहरूको भौतिक अवशेष फेला परेको छ । 

यो प्राचीन जोडीको मृत्यु हुँदा १६ र १७ वर्ष उमेरको बीचमा रहेको विश्वास गरिएको छ । उनीहरू कुलीन परिवारका सदस्य जस्ता देखिन्छन् । 

उनीहरूले एकअर्कालाई हेरेको अवस्थामा गाडिएको पाइएको छ । 

उनीहरूको मृत्यु कसरी भयो भन्ने विषयमा विज्ञहरूले अनुसन्धान गरिरहेका छन् । 

प्राचीन कब्रिस्तान कीजील्टाउमा उनीहरूको अवशेष भेटिएको हो । त्यो कब्रिस्तान दुर्गम कारागान्डा क्षेत्रमा रहेका पाँचवटा डाँडामा अवस्थित छ । 

चिहानमा सुन र तामाका खजानाहरू फेला परेका छन् । मृतक किशोरीले दुवै हातमा ब्रेसलेट लगाएकी छन् भने सूर्यको छवि भएको गहना घाँटीमा लगाएकी छन् । 

उनले सुनौलो मन्दिरको आकार भएको कानको रिङ पनि लगाएको पुरातत्त्वविद्हरूले जनाएका छन् । 

‘पुरुष र महिलाले एकअर्कालाई हेरिरहेको अवस्थामा गाडिएको पाइयो,’ पुरातत्त्वविद् इगोर कुकुश्किनले बताए ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्