०२ असार २०८३, मंगलबार

अमेरिकामा पढ्न हत्ते गर्ने भारतीय विद्यार्थीको संख्या कम, नेपालीलाई पनि भिसा दिन आनाकानी

कात्तिक २०, २०७४
अमेरिकामा पढ्न हत्ते गर्ने भारतीय विद्यार्थीको संख्या कम, नेपालीलाई पनि भिसा दिन आनाकानी

काठमाडौं, १४ चैत — भारत र चीन लगायतका देशबाट अमेरिकाका विश्वविद्यायहरूमा भर्ना हुन निवेदन दिने विद्यार्थीहरूको संख्यामा कमी आएको एक सर्वेक्षणले देखाएको छ ।

डोनाल्ड ट्रम्प प्रशासनले केही देशका मानिसलाई अमेरिका आउन प्रतिबन्ध लगाएको अनि अमेरिकामा विदेशीहरूलाई स्वागत गर्न छोडिएकाले भर्ना घटेको हो ।

२५० वटा कलेजको सर्वेक्षण गरी निकालिएको निष्कर्षलाई घोषणा गर्दै अमेरिकन एसोसिएसन अफ कलेजिएट रजिस्ट्रार्स एन्ड एडमिसन्स अफिसर्सले भन्यो, ‘लगभग ४० प्रतिशत अमेरिकी कलेजमा विदेशी विद्यार्थीबाट भर्ना आवेदनको संख्या घटेको छ र विद्यार्थी अनि उनीहरूका परिवारले अमेरिकामा कम स्वागत पाएको जस्तो लागेको बताएका छन् ।’

मध्यपूर्वको देशबाट अमेरिकामा भर्ना निवेदन दिनेहरूको संख्या सर्वाधिक घटेको छ किनकि ट्रम्पले मुसलमानबहुल देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका छन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा भारत र चीनबाट ४७ प्रतिशत अमेरिका पुग्छन् तर यिनको संख्यामा उल्लेख्य कमी आएको छ ।

चीन, भारत र नेपालमा रहेका अमेरिकी राजदूतावासले विद्यार्थीलाई प्रवेशाज्ञा नदिने गरेको अनुभव भएको विद्यार्थीहरूले महसूस गरेको सर्वेक्षणमा पाइएको छ । भिसा प्रणालीमा गरिएको कडाइले गर्दा नेपालीहरूलाई पनि अमेरिका प्रवेश गर्न गाह्रो भइरहेको विज्ञहरू बताउँछन् ।

हिन्दुस्तान टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्