०७ असार २०८३, आइतबार

सर्पदंशबाट एक जनाको मृत्यु

सर्पदंशबाट एक जनाको मृत्यु
सन्दर्भ तस्वीर

झापा- झापाको बाह्रदशीमा सर्पदंशका कारण एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेल छन् । उनलाई मंगलवार बिहान घरमै विषालु सर्प (गोमन) ले डसेको बाह्रदशी गाउँपालिका–३ का वडासदस्य लक्ष्मी निरौला अधिकारीले जानकारी दिइन् । 

अधिकारीका अनुसार धान राखेको भकारीमाथिबाट कपडाको टालो निकाल्ने क्रममा पौडेललाई सर्पले डसेको हो । सर्पले डसेलगत्तै उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली पुर्‍याइएको र भेन्टिलेटर अभावका कारण बिर्तासिटी अस्पताल पठाइएकामा मृत्यु भएको अधिकारीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्