१० असार २०८३, बुधबार

गोर्खाल्याण्ड नेता पक्राउ आदेश फिर्ता

साउन १५, २०७६
गोर्खाल्याण्ड नेता पक्राउ आदेश फिर्ता

भारतको दार्जिलिङमा छुट्टै राज्य ‘गोर्खाल्याण्ड’ को मागसहित आन्दोलनमा होमिएका नेताद्वय विमल गुरुङ र रोशन गिरीलाई पक्राउका लागि दिएको आदेश अदालतले फिर्ता लिएको छ । 
गत जुन २४ मा चीफ जुडिशियल म्याजिस्ट्रेट अदालतले भूमिगत नेता गुरुङ र गिरीलाई कानुन उलंघनमा दोषी ठहर गर्दै पक्राउ आदेश दिएको थियो । अदालतको आदेशपछि प्रहरीले दुबैलाई पक्राउ गर्ने भन्दै सार्वजनिक सूचना समेत जारी गरेको थियो । 
अदालतको पक्राउ आदेशविरुद्ध दुई नेताले अदालतमा अपिल पेश गरेसँगै पक्राउ आदेश फिर्ता भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्