२७ असार २०८३, शनिबार

अटेरी कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने

साउन १५, २०७६
अटेरी कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैंले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छन् । गोरखापत्र दैनिकमा खबर छ । 

उनले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गर्नुको विकल्प नभएको स्पष्ट पारे । 
 मन्त्री पण्डितले सरकारले सेवा प्रवाहका लागि सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा कर्मचारी समायोजन गरेको र अहिले अधिकांश कर्मचारी खटाएको ठाउँमा हाजिर भई सेवा प्रवाह गर्न थालिसकेको 
जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्