०३ असार २०८३, बुधबार

जिल्ला प्रशासन कार्यालयलाई विपद् उद्धार सामग्री हस्तान्तरण

जिल्ला प्रशासन कार्यालयलाई विपद् उद्धार सामग्री हस्तान्तरण

नुवाकोट – जिल्लामा हुनसक्ने विपद्का घटनाहरूको जोखिम न्यूनीकरण तथा उद्धारका लागि आवश्यक सामग्री जिल्ला प्रशासन कार्यालयलाई प्रदान गरिएको छ ।

टीडीएचको आर्थिक सहयोगमा स्थानीय संस्था सामुदायिक विकास केन्द्र नेपालले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको हो ।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई संस्थाका अध्यक्ष नारायण नेपालले हस्तान्तरण गरेका हुन् ।

बुधवार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा संस्थाले रुख काट्ने आरो २ थान, सावेल ५ थान, स्टेचर ९ थान, पिक ५ थान, कोदोलो ५ थान, आगो नियन्त्रण गर्ने ग्यास सिलिन्डर, ठेलागाडा, इमर्जेन्सी लाइट लगायतको सामग्री प्रदान गरिएको हो ।

सामग्री बुझेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले यस्ता सामग्री सहयोगमा जिल्लामा विपद्को घटना हुँदा उद्धारका लागि सहज हुने र स्थानीय प्रशासनले यी सामग्रीको आवश्यकता अनुसार प्रयोग र सुरक्षित रुपमा राख्ने बताए ।

विपद् जुनसुकै समयमा आउनसक्ने भएकाले पूर्वतयारीस्वरुप यस्ता सामग्रीहरु तयारी अवस्थामा राख्नुपर्ने भएकाले सामग्री सहयोग गरिएको  सामुदायिक विकास केन्द्र नेपालका कार्यकारी निर्देशक विष्णुराज नेपालले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्