०१ असार २०८३, सोमबार

पूर्वपश्चिम राजमार्गमा आकाशे पुल निर्माण गरिँदै

पूर्वपश्चिम राजमार्गमा आकाशे पुल निर्माण गरिँदै
प्रतिकात्मक तस्वीर

चितवन – रत्ननगर नगरपालिकाले पूर्वपश्चिम राजमार्गका २ ठाउँमा आकाशे पुल निर्माण गर्ने भएको छ ।

नगरपालिकाको मुख्य बजार क्षेत्र पर्ने सौराहाचोक र टाँडीचोकमा आकाशे पुल निर्माण गर्न लागिएको हो । 

नगरपालिकाका प्रमुख नारायण वनका अनुसार यसै आर्थिक वर्षबाट काम शुरू गर्न नगरपालिकाले १ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । थप बजेटका लागि प्रदेश सरकार र संघीय सरकारका सांसदसँग अनुरोध गरिएको उनले बताए ।

आकाशे पुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । नगरपालिकाका योजना शाखा प्रमुख ई. प्रकाश ढुंगानाका अनुसार २ वटा पुल सम्पन्न गर्न ९ करोड ५० लाख रुपैयाँ लाग्ने छ ।

सडक चौडा भएमा सार्न मिल्ने गरी फलामको पुल निर्माण गर्न लागिएको हो । ढुंगानाले राजमार्ग फराकिलो हुने सम्भावना भएकाले बढाउन मिल्ने गरी नक्सांकन गरिएको बताए ।

सडकको दुवैतर्फ घना बस्ती भएकाले विद्यार्थी, वृद्धवृद्धा, फरक क्षमता भएका मानिससँगै सर्वसाधारणलाई राजमार्ग पार गर्न कठिन हुँदै आएको छ । यी पुल जिल्लाका पहिलो आकाशे पुल हुनेछन् । नगरपालिकाको सौन्दर्यतालाई समेत ध्यानमा राखेर आकर्षक पुल बनाइने प्रमुख वनले जानकारी दिए ।

११ जुवाडे पक्राउ 

जुवा खेलेको आरोपमा प्रहरीले मंगलवार ११ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–१५ मंगलपुर नमूनाटोलबाट उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई शैलेन्द्र श्रेष्ठको कोठामा लुकीछिपी कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट २ लाख ९३ हजार ३ सय ५० नगदसहित २ थान मोबाइल, गलैंचा १ थान, कोठाको चौकोस १ थान, कौडा ३१ थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई एकआपसमा बाजी थापी कौडा खेलेको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

त्यसैगरी जबर्जस्तीकरणी गरेको अभियोगमा प्रहरीले  १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ बस्ने ३५ वर्षीय हरि श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार श्रेष्ठले छिमेकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । उनलाई प्रहरीले नगर वन क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्