
काठमाडौं – एमिरेट्रस एयरलाइन्सको विशाल जेट विमान घना बादलको बीचबाट अचानक प्रकट भएको अद्भुत दृश्य सामाजिक सञ्जालमा शेयर भएको छ ।
भिडियोको आरम्भमा विमानस्थलको सामान्य घटनाक्रम देखिन्छ । दुईवटा ईजीजेट विमानहरू धावनमार्गको छेउमा छन् अनि आकाशमा बादलहरू घाएका छन् । अचानक जादू झैं गरी एमिरेट्सको विशाल विमान ए३८० बादलबाट फुत्त आइपुग्छ अनि त्यसको पुच्छरबाट धनीभूत वाष्पको लर्को निस्केको देखिन्छ ।
लन्डनको ग्याटविक विमानस्थलमा केही दिनअघि बिहानीपख खिचिएको भिडियोलाई एयरोन्युजले फेसबूक र ट्विटरमा शेयर गरेको हो ।
आइतवार पोस्ट भएको भिडियोलाई लगभग दुई लाखजनाले हेरिसकेका छन् । आश्चर्यमा परेका दर्शकहरूले विमान प्रकट भएको तरिकालाई प्रशंसा गरेका छन् ।
Out of nowhere: awesome morning arrival at @Gatwick_Airport (LGW): @Airbus A380 @emirates inbound from @DXB. Video taken by a friend of Aeronews. 🇦🇪 @AirbusPRESS @aibfamilyflight @PlaneSpotIsCool @stef_schaffrath @sara_rcc @SpaethFlies @McWhirterAlex @AirbusintheUK @a380fanclub pic.twitter.com/gp9OyHA4Ui
— Aeronews (@AeronewsRO) July 29, 2019
एजेन्सी