कात्तिक २३, २०८०
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
सिन्धुपाल्चोक – जिल्लाको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा अज्ञात समूहले मंगलवार राति आगजनी गरेको छ ।
कार्यालयको ढोकामा लगाएको ताल्चा काटेर गरिएको आगजनीले वडा कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
कार्यालयभित्र भएका सम्पूर्ण सामग्री तथा कागजात एकैठाउँमा थुपारेर आगजनी गरिएको प्रहरीले जनाएको छ ।
‘कार्यालयमा नियोजित रुपमा आगो लगाएको देखिन्छ । हिजो मंगलवार कार्यालयको काम सकेर घर गएको थिएँ । आज (बुधवार) बिहानै आगो लगाएको भन्ने सूचना आयो, आएर हेर्दा कार्यालयका सबै कागजपत्र तथा टेबलकुर्सी आगोले पूर्ण रुपमा नष्ट भइसकेका थिए,’ वडाध्यक्ष भक्तबहादुर खड्काले भने ।
घटनाको प्रकृति हेर्दा रहस्यमय देखिन्छ । रातको समयमा ताल्चा काटेर कार्यालयका सम्पूर्ण सामग्री एकै स्थानमा जम्मा परेर जलाइएकाले थप रहस्यमय रहेको स्थानीय भीमप्रसाद दुलालले बताए ।
घटना कसले गरायो भन्ने विषयमा अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
काफ्लेले भने, ‘घटनाको प्रकृति हेर्दा विप्लवका कार्यकताले गरेको हुनसक्ने आशंका रहेको बताए तर पनि हामी अनुसन्धानमा छौं । घटनास्थलमा विप्लवको कुनै पनि पत्र तथा पर्चा नभेटिएकाले यसैले भनेर किटान गर्न सक्ने अवस्था छैन ।’
स्थानीय पुण्यप्रसाद दाहालले रातको समयमा वरिपरिका स्थानीय सुतेपछि सुटुक्क आएर जलाउनु षड्यन्त्रमूलक भएको बताए । वडा कार्यालयभन्दा मुनितिर वन क्षेत्र पर्ने भएकाले पनि कार्यालयसम्म आइपुग्न सजिलो भएको हुनसक्ने दाहालले बताए ।
स्थानीयले घटना भएको थाहा पाउनेवित्तिकै ईलाका प्रहरी कार्यालय मेलम्चीलाई खबर गरेका थिए । एक स्थानीयले भने, ‘हामीले बिहान साढे ५ बजे प्रहरीलाई खबर गरेका थियौं, धेरै पटक आगो लागेको छ तत्काल आउनुपर्यो भनेर खबर गरेको भएपनि प्रहरी १० मिनेटको समय आइपुग्ने ठाउँमा २ घण्टासम्म देखापरेन ।’ पछि स्थानीयले सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।
वडा कार्यालयको भवनमा भएको क्षतिको विवरण संकलन भइरहेकाले कति क्षति भयो भनेर भन्न सकिने अवस्था नभएको प्रहरीले जनाएको छ ।
हेर्नुहोस्, भिडियो :
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...