
काठमाडौं – मदिरामा उन्मत्त भएर चिडियाखाना पुगेका एक व्यक्तिले पर्खालबाट जिराफमा चढ्न खोजेका छन् । जिराफले उनलाई हुत्याइदिएको छ ।
काजाखास्तानको शीमकेन्ट चिडियाखानामा ती व्यक्ति जिराफमा चढ्न खोजेका थिए ।
जिराफले घाँटी तल पारेको बेलामा ती व्यक्ति पर्खालमा चढ्छन् अनि जिराफको घाँटीमा हात सुम्सुम्याउँदै त्यसको ढाडमा फाल हान्छन् ।
उनी जिराफमाथि सवारी गर्छन् र जिराफले पछि उनलाई ढाडबाट लडाएर भुइँमा बजार्छ ।
उक्त चिडियाखाना देशको सबभन्दा लोकप्रिय पर्यटन केन्द्रमध्ये एक हो । १३० एकड जमीनमा फैलिएको उक्त क्षेत्रका १५ सयभन्दा बढी जनावर छन् ।
जिराफले लडाएर फेरि आक्रमण गर्न आएपछि उक्त व्यक्ति पर्खाल चढेर भाग्छन् ।
प्रहरीले ती व्यक्तिको खोजी गरिरहेको छ । यो स्टन्ट गरेबापत उनले सजाय पाउने सम्भावना छ ।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार, ती व्यक्ति उक्त समयमा मदिरोन्मत्त थिए ।
एजेन्सी