धम्बोजी – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–१ स्थित सानो डाँफे र शान्तिपुर जंगलमा २ थान भरुवा बन्दुक फेला पारेको छ ।
जंगलमा बन्दुक बोकी हिँडिरहेको सुराकीको आधारमा जमुनीस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कलाधर सापकोटासहितको गस्ती टोलीले देखिपछि पिछा गर्दा उनीहरू बन्दुक छाडी बाँके र बर्दियाको सिमानास्थित मानखोला तरी भागेका थिए ।
बेपत्ता व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।
जंगली हात्तीको आक्रमणमा एक घाइते
स्थानीय गेरुवा गाउँपालिका–३ खुटेना बस्ने करीब ७० वर्षीय भरथरे थारूलाई जंगली हात्तीले आक्रमण गरी घाइते बनाएको छ । कर्णाली नदीको किनारमा बाख्रा चराउन गएको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा उनको शरीरको विभिन्न भागमा चोट लागेको थियो ।
पाताभारस्थित ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गिरीलाई शान्तिबजारस्थित भेरी मालिका पोलिक्लिनिकमा उपचार गराउन ल्याइएकामा सम्भब नभएकाले नेपालगञ्ज नर्सिङ होममा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोला बताए ।