०३ साउन २०८३, आइतबार

काठमाडौं भ्यू टावर निर्माण गर्ने ठेकेदार मनोज कुमार भेटवालविरुद्ध मुद्दा दायर

काठमाडौं भ्यू टावर निर्माण गर्ने ठेकेदार मनोज कुमार भेटवालविरुद्ध मुद्दा दायर

काठमाडौं– काठमाडौं भ्यु टावर निर्माणको ठेक्का पाएको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालीका सञ्चालक मनोजकुमार भेटवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

राजश्व अनुसन्धान विभागले उनी विरुद्द हुण्डी गरी विदेशी विनिमय अपचल गरेको अभियोगमा बुधवार  जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर  गरको हो ।

विभागले भेटवालसहीत ४ जना विरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको छ । भेटवालसहित राजकुमार विष्ट, शिव विष्ट र निशा गुरुङविरुद्ध ४ करोड ६० लाख रुपैयाँ अवैध कारोबार गरेको आरोपमा विभागले मुद्दा दायर गरेको जानकारी दिएको छ ।

उनीहरुले काठमाडौं भ्यु टावरमा लगानी गर्ने भन्दै विदेशबाट रकम संकलन गर्ने गरेको र बैंकिङ प्रक्रिया भन्दा बाहिर गएर हुण्डी कारोवार गर्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्