०४ असार २०८३, बिहीबार

भुस्याहा बिरालोहरूलाई खाना खुवाएकोमा वृद्धालाई १० दिनको कारावास सजाय

भुस्याहा बिरालोहरूलाई खाना खुवाएकोमा वृद्धालाई १० दिनको कारावास सजाय

काठमाडौं – अमेरिकाको ओहायोमा ७९ वर्षीया वृद्धालाई भुस्याहा बिरालोहरूलाई खाना खुवाएको आरोपमा १० दिनको कारावास सजाय दिइएको छ । 

सन् २०१५ देखि न्यान्सी सेगुलाका छिमेकीहरूले भुस्याहा बिरालोहरूका बारेमा अधिकारीहरूसमक्ष गुनासो गरिरहेका थिए । पहिले त्यहाँ बस्ने एक व्यक्तिले बिरालोहरू छोडेर गएको सेगुलाको दाबी छ । 

‘म बिरालोप्रेमी हुँ,’ उनले क्लिभल्यान्डमा फक्स ८ लाई बताइन् । 

न्यायाधीशले उनको सजाय साउन २६ गतेबाट शुरू हुने आदेश दिएका छन् । कुयाहोगा काउन्टी कारागारमा उनले कारावास सजाय भोग्नुपर्ने भएको छ । 

उनको घरमा बिरालै बिरालो भएपछि छिमेकीकहरूले प्रहरीसमक्ष अनेकौंचोटि उजुरी गरेका थिए । 

प्रहरीका अनुसार, सेगुलाको कानूनी मुद्दा सन् २०१५ मा शुरू भएको हो । उनका छिमेकीहरूले स्थानीय जनावर वार्डेनलाई सम्पर्क गरेका थिए । 

जुलाई २०१५ मा उनलाई भुस्याहा जनावरलाई खाना खुवाएर शहरको कानून उल्लंघन गरेकोमा दोषी ठहर गरिएको थियो । 

मे २०१७ मा उनीमाथि आफ्नो निवासमा बिरालोलाई खाना खुवाएको विभिन्न आरोप लागेको थियो । 

त्यसै वर्षको जुलाई महिनामा उनको घरमा धेरै बिरालो भएकोमा दोषी ठहर गरी प्रोबेसनमा राखिएको थियो । 

त्यसको एक महिनापछि उनलाई जनावरको मल सफा नगरेको आरोपमा नोटिसमा लिइएको थियो । 

उनलाई अदालतले भुस्याहा बिरालो नखुवाउन आदेश दिएको थियो । 

गत साता भएको सुनुवाइमा उनले बिरालोहरूलाई अझै पनि खुवाइरहेको स्वीकार गरेपछि अदालतको अवहेलना गरेको आरोपमा १० दिनको कारावास सजाय दिइएको हो । 

सेगुलालाई कारावास सजाय दिइएपछि प्रहरीको चर्को आलोचना भयो अनि प्रहरीले फेसबूकमा पोस्ट गरेर लेख्यो, ‘सेगुलालाई प्रहरी विभाग वा एनिमल वार्डेनले कहिले पनि पक्राउ गरेको छैन ।’

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्