१३ असार २०८३, शनिबार

रुसकी प्रभावशाली इन्स्टाग्राम मोडलको शरीर सुटकेसमा भेटियो

रुसकी प्रभावशाली इन्स्टाग्राम मोडलको शरीर सुटकेसमा भेटियो

काठमाडौं – रुसकी प्रभावशाली इन्स्टाग्राम सेलेब्रिटी एकातेरिना काराग्लानोभाको शरीर मस्कोस्थित उनको डेरामा सुटकेसमा खाँदिएको अवस्थामा फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनको शरीर उनका आमाबुवाले भेटेका थिए । 

काराग्लानोभाका इन्स्टाग्राम अकाउन्टमा ८५ हजारभन्दा बढी फलोअर छन् । 

उनको घाँटी रेटिएको अवस्थामा फेला परेको हो । 

यी २४ वर्षीया युवतीको शरीर शुक्रवार भेटिएको हो । उनले हालै मात्र छाला रोगमा मेडिकलको पढाइ सकेकी थिइन् ।

केही दिनदेखि उनको कुनै खबर नआएपछि उनका मातापिता चिन्तित भएर उनको डेरा पुगेका थिए । उनीहरू सुटकेसभित्र उनको शरीर कोचेर राखिएको अवस्थामा भेटे । 

रुसी सञ्चारमाध्यमका अनुसार, कुनै संघर्ष भएको वा घटनास्थलमा कुनै हतियार नभेटिएको प्रहरीले बताएको छ । 

सीसीटीभी फूटेज हेर्दा काराग्लानोभाका पूर्वप्रेमी उनी हराएताका उनको डेरा गएको देखिन्छ । तर यसमा थप अनुसन्धान भए नभएको बारेमा प्रहरीले केही पनि बताएको छैन । 

काराग्लानोभाले लोकप्रिय यात्रा ब्लग पनि चलाउँथिन् र ब्लगका हजारौं सब्स्क्राइबर छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्