०८ असार २०८३, सोमबार

रक्सी पिएकी महिलाबाट विमानमै अर्की महिलासँग अश्लील व्यवहार

कात्तिक २०, २०७४
रक्सी पिएकी महिलाबाट  विमानमै अर्की महिलासँग अश्लील व्यवहार

काठमाडौं — अमेरिकामा एक महिलालाई विमानभित्रै अर्की महिलासँग अश्लील व्यवहार गरेकोमा दोषी ठहर गरिएको छ । दोषी महिला हाइडी मकिनी ओरेगोनकी निवासी छिन् ।


पीडित महिलाले लस भेगासबाट पोर्टल्यान्ड जाने क्रममा दोषी महिलाले आफ्नो शरीरलाई गलत तरिकाले छोएको आरोप लगाइन् ।

दी इन्डिपेन्डेन्ट पत्रिकाका अनुसार अघिल्लो वर्ष भएको यो घटनामा विमान पोर्टल्यान्ड विमानस्थलमा ओर्लिएपछि गिरफ्तार गरिएको थियो । अनि उनका विरुद्ध मुद्दा पनि दायर गरिएको थियो ।

वकिल रवि सिन्हाले भने, ‘मकिनीले रक्सीको नशामा पीडित महिलाको शरीर र जाँघको भित्री भाग छोइन् । अनि उनले पीडितमाथि अश्लील र आपत्तिजनक टिप्पणी पनि गरिन् ।’

नवभारत टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्