२९ असार २०८३, सोमबार

बल्खुपछि शहीदको शालिकमा माल्यार्पण गर्ने पेरिसडाँडा पुगे पर्यटन मन्त्री भट्टराई

बल्खुपछि शहीदको शालिकमा माल्यार्पण गर्ने पेरिसडाँडा पुगे पर्यटन मन्त्री भट्टराई

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् ।

बिहीवार बिहान तत्कालीन नेकपा (एमाले)को पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर उनले भण्डारीको सालिकमा फूलमाला चढाएर माल्यापर्ण गरेका हुन् । बल्खुपछि मन्त्री भटृराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पेरिस डाँडास्थित पार्टी कार्यालयमा शहीद तथा बेपत्ता व्यक्तिको स्मरणमा बनाइएको शहीद तथा बेपत्ता योेद्धा स्तम्भमा समेत माल्यापर्ण गर्दै शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

शहीदको बलिदानबाटै अहिले हामी यो अवस्थामा आइपुग्न सफल भएको बताउँदै उनले नेपाल वायुसेवा निगमको साखलाई उचाइ पुर्‍याउने र निर्माणाधीन पोखरा, बारा तथा लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थललाई निर्धारित समयभन्दा चाँडै नै बनाइनेसमेत बताए ।

बुधबार पर्यटनमन्त्रीमा नियुक्त भएपछि मन्त्री भट्टराई लैनचौरस्थित शहीद स्तम्भ पुगेर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्