
काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् ।
मन्त्री भएलगत्तै बिहीवार बिहान तत्कालीन नेकपा (एमाले)को पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर उनले भण्डारीको सालिकमा फूलमाला चढाएर माल्यापर्ण गरेका हुन् ।
बल्खुपछि मन्त्री भट्टराईले पूर्व माओवादीको पेरिसडाँडास्थित मुख्यालय पुगेर शहीद तथा बेपत्ता व्यक्तिको स्मरणमा बनाइएको शहीद तथा बेपत्ता योेद्धा स्तम्भमा समेत माल्यार्पण गर्दै शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

शहीदको बलिदानबाटै अहिलेको अवस्थामा आइपुग्न सफल भएको बताउँदै उनले नेपाल वायुसेवा निगमको साखलाई उचाइ पुर्याउने र निर्माणाधीन पोखरा, बारा तथा लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थललाई निर्धारित समयभन्दा चाँडै नै बनाइने समेत बताए ।
बुधवार पर्यटनमन्त्रीमा नियुक्त भएपछि मन्त्री भट्टराई लैनचौरस्थित शहीद स्तम्भ पुगेर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।