०८ असार २०८३, सोमबार

ट्रक चोरेर भागेका आरोपित झुण्डिए चर्चको झ्यालमा, प्रहरीले लट्ठीले ठटायो (भिडियो)

ट्रक चोरेर भागेका आरोपित झुण्डिए चर्चको झ्यालमा, प्रहरीले लट्ठीले ठटायो (भिडियो)

काठमाडौं – मेक्सिकोको पश्चिमी भागमा चर्चको झ्यालबाट हाम्फाल्न खोज्ने एक व्यक्ति तुर्लुंग झुण्डिएको अवस्थामा एक प्रहरीले लट्ठीले हिर्काएका छन् ।

सामाजिक सञ्जालमा मंगलवार पोस्ट गरिएको भिडियोमा प्रहरीले टोनालामा ट्रक चोरेर भागेका व्यक्तिको देब्रे गोडा समात्छन् । 

घटनापछि भीड जम्मा हुन्छ अनि अर्का प्रहरीलाई लट्ठी लिएर ट्रकचोरलाई पिट्न उक्साउँछ । 

आरोपितको नाम प्रहरीले खुलाएको छैन । ती आरोपितले पाँच वर्षकी बालिका सुतिरहेको फोर्ड रेन्जर पिकअप ट्रक गुडाएर गएका थिए । 

मेक्सिकोको पत्रिका मिलेनियोका अनुसार, बालिकाका चिन्तित मातापिताले तत्कालै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्कालै ट्रक भएको ठाउँ पत्ता लगायो । 

त्यसपछि प्रहरीले तीव्र गतिमा ट्रकको पिछा गर्‍यो । पछि दोबाटोमा च्यापिएपछि आरोपित ट्रकबाट हाम्फाले अनि स्थानीय चर्चमा प्रवेश गरे । 

चर्चभित्र आरोपित माथ्लो तल्लामा पुगे अनि झ्यालबाट हाम्फाल्ने धम्की दिए । 

प्रहरीहरूले आरोपितको दाहिने गोडामा डोरी बाँध्न सफल भए । 

भिडियोमा एकजनाले आरोपितको गोडा समातेको अनि प्रहरीले आरोपितलाई लट्ठीले कुटेको देख्न सकिन्छ । 

प्रहरीले अन्ततोगत्वा आरोपितलाई पक्राउ गर्न सफल भयो । बालिकालाई कुनै चोटपटक लागेको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्