२० असार २०८३, शनिबार

बलात्कारको मुद्दाका कारण भाजपा विधायकको राजनीति समाप्त

बलात्कारको मुद्दाका कारण भाजपा विधायकको राजनीति समाप्त

काठमाडौं – भारतको उत्तर प्रदेश विधानसभाका विधायक कुलदीप सेंगरको राजनीति उन्नाव बलात्कार मुद्दाका कारण समाप्त भएको छ । 

बलात्कारपीडितले मुख्यमन्त्री योगी आदित्यनाथको निवासअगाडि आत्मदाहको कोशिश पोहोर साल गरेपछि यो मुद्दाले व्यापक प्रचार पाएको थियो । 

पीडित महिलाका पिताको मृत्यु त्यसको एक दिनपछि प्रहरी हिरासतमा भयो अनि कुलदीपका भाइ अतुलले महिलाका पितालाई निर्मम तरिकाले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि निकै ठूलो विवाद जन्मियो । 

योगी सरकारले यो मुद्दा तत्कालै सीबीआईलाई सुम्पियो र अप्रिल १३ मा कुलदीप पक्राउ परे । 

कुलदीपले कांग्रेसबाट राजनीतिक करीयर शुरू गरेका थिए तर सन् २००२ मा उनी बहुजन समाज पार्टी गए । उन्नाव सदर सीटबाट उनले पहिलोपटक चुनाव जिते । बसपाले पहिलोपटक यो सीट जितेको थियो । 

सेन्गर त्यसपछि समाजवादी पार्टी प्रवेश गरे र बंगरमाउ सीटबाट सन् २००७ को चुनाव जिते । सन् २०१२ मा उनले उन्नावको भगवन्त नगर सीटबाट चुनाव जिते । 

एउटै जिल्लाको विभिन्न सीटबाट लगातार तीनपटक चुनाव जितेबाटै सेन्गरको प्रभाव थाहा हुन्छ । 

समाजवादी पार्टीबाट मुलायम सिंह यादव निस्केपछि सेन्गर भाजपामा प्रवेश गरे र बंगारमाउ सीटबाट सन् २०१७ मा चुनाव जिते । 

सेन्गरविरुद्ध बलात्कारको आरोप लागेपछि उनका सहकर्मीहरू स्तब्ध भए । उनको दयालु प्रकृतिको लोकप्रिय छवि बनेको थियो । 

सेन्गरविरुद्धको आरोपको पृष्ठभूमिका विषयमा खासै चर्चा गरिएको पाइँदैन । 

बलात्कारपीडित महिला कुलदीपका निकटवर्ती थिए र उनीहरूका परिवारको पनि मेलजोल थियो । 

कुलदीपले आफ्नी पत्नी संगीतालाई जिला पञ्चायतको अध्यक्ष पदमा उठाएपछि उनीहरूबीच विवाद भएको थियो । 

पीडितको परिवारले उनकी आमालाई उक्त पदमा उठाउन खोजेको थियो तर संगीताले सजिलै चुनाव जितिन् । यसले गर्दा दुई परिवारबीच दूरी बढ्यो । सेन्गरले सन् २०१७ मा चौथोपटक चुनाव जितेपछि यो दूरी झनै बढ्यो । 
उनीहरूबीच ठेक्का दिने विषयमा पनि विवाद भयो । 

‘बलात्कारपीडितका पिता कुलदीप सेन्गरका आफ्नै मान्छे थिए र यो पूरै मुद्दा नै उनको छवि बिगार्नका लागि बनाइएको थियो । मिडियाले पनि यसमा आफ्नै तरिकाले ट्रायल गर्‍यो । पीडितले विधायकलाई पहिलो एफआईआरमा किन नाम किटिनन् भनी कसैले पनि सोधेको छैन । सेन्गरले चुनाव जित्दा उनको विषय किन उठाइनन् ? प्रहरीले कुनै कारवाही नगरेको भनी उनले आरोप लगाउन किन पूरै एक वर्ष कुरिन् ?’ भाजपाका एक विधायकले भने । 

कुलदीपको प्रभाव उन्नावमा बढ्दै गएपछि उनले भाजपाभित्रै अनेकौं शत्रु कमाएका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्